सडक आश्रित मानव मुक्त अभियान नेपाल
SADAK AASHRIT MANAV MUKTA ABHIYAN NEPAL

News

आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श अभियानको लागि जुम विद्धुतीय अन्तरकृयात्मक कार्यक्रम

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्धारा आयोजित आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श अभियानको लागि विद्धुतीय अन्तरकृयात्मक कार्यक्रम मा सडक आश्रित मानव मुक्त अभियान नेपालका तर्फबाट अध्यक्ष पद्म प्रसाद घिमिरे, सचिव रिता पोखरेल तथा डा. बाल कृष्ण खनालले सहभागिता जनाउनु भयो । सो कार्यक्रमको उद्घाटन गर्दै माननीय विभागीय मन्त्री श्री पार्वत गुरुङ्गज्यू ले आत्महत्या तथा मनोसामाजिक समस्यालाई मन्त्रालयले गंभिर रुपमा लिएको र सबैसँग मिलेर ठोस कार्यक्रम सञ्चालन गर्न चाहेको प्रतिवद्धता जनाउनु भयो । सो कार्यक्रममा विभिन्न संस्थाहरुले पु¥याइ रहेको सेवा वारे जानकारी गराउनु भएको थियो ।

सो कार्यक्रममा संस्थाका तर्फबाट मनोवैज्ञानिक तथा संस्थाका अध्यक्ष पद्म प्रसाद घिमिरेले आत्महत्याको मूल कारण गरिवि, सम्हाल्न नसक्ने रिन, मदिरा सेवन, दीर्घ रोगी साथै महङ्गो उपचार पद्दति तथा अव्यवस्थित प्रेम सम्बन्ध आदि भएको हुनाले यि कारक कुराहरुलाई राज्यतर्फबाट सम्बोधन नगरेसम्म आत्महत्यामा कमि आउन नसक्ने बताउन भयो ।

सो कार्यक्रममा बोल्दै संस्थाका कार्यकारिणी सदस्य तथा डा. वालकृष्ण खनालले आत्महत्या व्यवस्थापनमा योग तथा तनाव व्यवस्थापन कार्यक्रमको भूमिका वारे प्रकाश पार्नुभएको थियो । अन्त्यमा स्वास्थ्य मन्त्रालयको तर्फबाट सहसचिव श्री शैलजा रेग्मी तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका तर्फबाट सचिव याम कुमारी खतिवडा ज्यू ले समुदाय तहदेखि ने मनोपरामर्शको दिने र अन्तरमन्त्रालयमा सम्बोधन गरेर गरिवि, रिन व्यवस्थापन तथा दीर्घ रोगीहरुलाई सहयोग गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।